सप्तरी १५ असाेज । विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको समस्या रहेको थियो  । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here