काठमाडौं, १३ असोज ।
नेपालमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ जना महिला र ७ जना पुरुष गरि थपि १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चिवतनका ५५ वर्षीय, बाँकेका ५३ र ३९ वर्षीय गरि ७ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौंकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया गरि ३ जना महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत हो । यस्तै हाल नेपालभर २ सय १३ जना कोरोना संक्रमतिको आईसीयूमा उपचार भइरहेको छ भने ३४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here