काठमाडौं, १२ असोज ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ महिला र २ पुरुषगरि थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया दुई जना महिला रहेकी छन् । यस्तै बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय गरि दुई जना पुरुषहरुकोपनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको छ । यस्तै हाल नेपालभर २ सय २५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here