रौतहट १० असोज।
रौतहटमा धारिलो हतियारको प्रहारले एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नंबर ५ टिकुलिया टोलमा बस्ने महेश तिवारी र उनको श्रीमती आफ्नै घर अगाडि बसिरहेका अवस्थामा गाउँकै केही ब्यक्तिले धारिलो हतियार प्रहार गरेको थियो। धारिलो हतियारको प्रहारले तिवारी र उनको श्रीमती गम्भीर घाईते भएको थियो। घाईते दुवैको बिरगंज स्थित न्युरो अस्पतालमा उपचारत थिए। तिवारीको श्रीमतीको आज उपचारको क्रममा बिहान १ बजे मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here