काठमाडौं, ९ असोज ।

नेपालमा थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा गरिएको १२ हजार २ सय ६२ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा थप १४ सय ५५ जना कोरोना संक्रमण पछि निको भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको पनि जानकारी दिए । यो संख्या कुल संक्रमितको ७३ दशमलव ४ प्रतिशत हो । यस्तै हाल नेपालमा १८ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ८ हजार २ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ५१ जना होम आइसोलेसनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here