काठमाडौं, ९ असोज ।

नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ जना महिला र ३ जना पुरुष गरि थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङकी ६० वर्षीया, काठमाडौंकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया ३ जना महिला रहेकी छिन् । यस्तै मोरङकै ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीया गरि ३ जना पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशलमव ६५ प्रतिशत रहेको छ । यस्तै हाल नेपालभर २ सय २७ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here