जनकपुरधाम ९ असोज ।

कोरोना संक्रमणबाट पर्सामा थप एक पुरुषको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका १ निवासी ७७ वर्षका संक्रमित पुरुषको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो ।

असोज ७ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको स्वाब संकलन गरि परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई उपचार गर्न भेन्टिलेटरमा समेत राखिएको थियो ।

भेन्टिलेटरमा राखेर औषधि दिएर उपचार गर्दा समेत संक्रमित पुरुषको राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here