पोखरा ६ असोज ।
यहाँ प्याजको अधिकतम मूल्य कायम गरिएको छ । प्रतिकिलो ७० रूपैयाँमा कारोबार गर्ने गरी मूल्य कायम गरिएको हो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकिदिएको हो ।

व्यवसायीसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रूपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले बताउनुभयो ।
खुद्रा मूल्य ७० रूपैयाँ प्रतिकिलो तोकिए पनि थोक मूल्य भने ५५ रूपैयाँ कायम गरिएको पौडेलले जानकारी दिनुभयो । तोकेभन्दा बढी लिएको पाइए कारबाही गरिने उहााको भनाइ छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here