रौतहट, ४ असोज ।
महिला तथा बालबालिका हिसा बिरुद्ध हाम्रो अभियान भन्ने नारा सहित देशका बिभिन्न २३ जिल्लामा सक्रिय रुपमा कार्यरत संस्था मेचि महाकाली बुहारी संयुक्त आवाजको महिला हिंसाको वर्तमान अवस्था कानुन कार्यान्वयनको चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
लकडाउनका कारण देश नै अस्तव्यस्त रहेका बेला बैज्ञानीक प्रविधी जुमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका सासंद डा. डिला संग्रौला, विशेष अतिथीका रुपमा सासंद राम कुमारी झाक्री, अतिथिहरु माधवी भट्ट पराजुली ( पूर्वसदस्य सत्य निरुपण तथा मेलमिलाप आयोग), काठमाण्डौं महानगरपालिकाका उप मेयर हरी प्रभा खड्का, पूर्व ए.आइ.जी कल्याण तिमिल्सिना, मंगला देवी प्रतिष्ठानका अध्यक्ष गंगा लक्ष्मी अवल, समाजसेवी मिना खरेल, फुलमाया रानाभाट ( अधिबक्ता तथा केन्द्रिय कानुनी सल्लाहाकार मेची महाकाली बुहारी संयुक्त आवाज) रहेका थिए ।

त्यस्तै कार्यक्रममा बिभिन्न जिल्लाका संयोजक, सहसंयोजक र सचिव ज्युहरु, प्रदेश स्तरीय समिति र सल्लाहाकारहरु तथा पत्रकारहरु समेत रहेका थिए । कार्यक्रममा संस्थाबाट सेवा प्राप्त गर्नु भएका प्रभावित परिवारका सदस्यहरुबारे जानकारी, संस्था र बिषयबस्तुमाथि जानकारी, कार्यपत्र प्रस्तुतिकरण, कानुनी लडाईमा आफ्ना अनुभव र भोगाई सहितको भनाई राखिदिन, करुणा घर्तिको घटनाको स्थलगत विवरण, हेटौडा हत्या काण्ड सुस्मीता के सी बारे जानकारी, महिला हिंसाको वर्तमान अवस्था कानुन कार्यान्वयनको चुनौती बिषय जस्ता कुराहरुको उथान गरिएको थियो । करिब १०० मिनेट संचालन भएको उक्त कार्यक्रमको संचालन सिन्धु ढकालले गरेको मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमिल्सीनाले जानकारी दिनु भयो ।









