काठमाडौं ४ असोज ।  महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।  शनिबार राति ८ बजे बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा  मोटरसाइकल चालक  ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको महोत्तरी  प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए।  दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ। जीप चालक सोही ठाउँका २५ वर्षीय सन्तोष महतोलाई पक्राउ गरिएको बुढाथोकीले बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here