रौतहट,४ असाेज । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रपुर ले ४ वटा वालुवा लोड गरेको ट्रयाक्टरलाई आफ्नो कस्टडीमा लिएको छ ।
रौतहटको प्रहरीले चार वटा बालुवा लोड टेक्टर नियन्त्रणमा लिएपछि आज ट्रेक्टर धनीले नगरपालिका घेराउ गरेका छन।
असोज महिना देखि खोला बाट गिट्टीजन्य पदार्थ ओसार्न पाउने नीयम बिपरित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बालुवा लोड ट्रेक्टर नियन्त्रणमा लिएको भन्दै ट्रेक्टरधनी आन्दोलित भएका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज चन्द्रपुर–८ मोतिपुर घाट बाट बजार आउदै गरेको बालुवा लोड टेक्टर नियन्त्रणमा लिएको हो ।

चन्द्रपुर नगरपालिकाका प्रमुख कृष्ण सिग्देल आईतबार अपरान्ह सम्म कार्यालयमा हाजिर नभएका कारण नगरपालिकाको प्राङ्गणमा रितो ट्रेक्टर राखेर बिरोध जनाएका छन । असाढ, साउन र भदौ तीन महिना नदि बाट गिट्टीजन्य पदार्थ ओसार पसार गर्न बाताबरणीय हिसाबले पाईदैन तर असोज महिना लागेपछि नदि बाट गिट्टी, बालुवा ओसार्न पाईन्छ ।
अघिल्लो बर्षहरुमा समेत असोज लागेपछि गिट्टीजन्य पदार्थ ओसार्न खुल्ला भएको थियो तर यसपटक प्रहरीले अनाबश्यक हस्तक्षेप गरेर ट्रेक्टरधनी लाई दुख दिएको ब्यबसायीको भनाई रहेको छ । असोज महिनामा पनि बालुवा, गिटी बोक्न नदिने हो टेक्टर ब्यबसाय पलायन मात्र हैन उपभोक्ताको घर निर्माणमा समेत बाधा पुग्ने स्थानीयको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here