चितवन, २ असाेज । भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । सर्लाही जिल्लाकाे हरिहर गाँउपालिकाका ५५ वर्षीय पुरुषको शुक्रवार बिहान १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनी खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १८ गते अस्पताल भर्ना भएका थिए । उनकाे साेहि दिन काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मिर्गौलाको रोगी समेत रहेका उनकाे केही समयदेखि डायलाइसिस चलिरहेकाे थियाे । मृतक ती पुरूषकाे भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उता पूर्वी नवलपरासी देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहानकाे राति १२:१८ मा चितवन मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको थियाे । याेसँगै अहिलेसम्म चितवनमा ३१ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । याे सहित यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका १४ जनाकाे मृत्‍यु भईसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here