सप्तरी ३१ भदौ । सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई भदौ ३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको हो । डा सापकोटाले एक वर्षदेखि मिर्गाैलामा समस्या भएका कारण ती पुरुष नियमित डाइलासिस गराइरहेको भन्दै हप्तामा दुई पटक डाइलासिस गर्ने र उच्च रक्तचापको पनि समस्या रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here