रौतहट ३१ भदौ । कोभिड १९ को बढदो संक्रमणको जोखिम बाट बचाउन लामोसमय देखी बन्दरहेको रौतहटका बजार तथा सबै कार्यालयहरु अगामी १ गतेदेखी खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सुचना प्रकासित गरेर जिल्लाका बजारहरुमा रहेका सबैपसल तथा गैर सरकारी र सरकारी कार्यालय अगामी असोज १ गतेदेखी खुल्ने जनाएको छ । जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डिसिसिएमसीको सोमवार बसेको बैठकको निर्णय अनुसार लगातारको बन्दा बन्दीले जनजिवनलाई थपकष्टकर हुन नदिन स्वास्थ सुरक्षा अपनाएर सेवाप्रवाह गर्ने निर्णय गरेको रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन ।अगामी असोज १ गतेदेखी रौतहटमा खाद्यय ढुवानी,निर्माण सामग्री ढुवानी,कुखुराको चल्ला,दाना, पानी, दुध, ईन्धन, फलफुल, तरकारी, झण्डावाल गाडी,निजीगाडी,तथा जिल्लाभित्र चल्ने सबै सवारीसाधन चलाउन पाईने सुचनामा उलेख रहेको छ । त्यसैगरी जिल्लाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय,संघ संस्था,सबैप्रकारका पसल,ब्यवसायहरु,बंैक तथा बित्तिय संस्थाहरु, उधोग कललारखाना खोल्न पाईने जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरीएको सुचनामा उलेख छ । उलेखित सेवाहरु प्रवाहगर्दा स्वास्थ सुरक्षा भने अनपाउनुु आवशयक रहेको छ । बिक्रेता तथा उपभोक्ताले सेनिटाईजर,मास्क,तथा पंजाको अनिवार्य प्रयोग गर्नुपर्ने छ । मास्क नलगाई आउने ग्राहकलाई मालसामान बिक्रीगर्न नपाईने निर्देशन दिईएको छ । साथै भौतिक दुरी अनिवार्यरुपमा पालना गर्नुपर्नेछ । मठ मन्दिर,मस्जिद,खेलमैदान,लगायत कुनैपनी सार्वजनिक स्थलमा भेला,जम्मा हुन नपाईने,भिडभाड गर्न पाईने छैन । सबै प्रकारका सभा जुलुस,चाँडपर्व सामुहिकरुपमा मनाउन प्रतिबन्ध गरीएको छ । विद्यालय,कलेज,क्याम्पस,सिनेमाघर संचालन गर्न नपाईने सिडिओ ईन्द्रदेव यादवद्धारा हस्ताक्षरित सुचनामा उलेख छ । निर्देशन बिपरित गर्नेलाई संक्रमकरोग एन २०२० तथा स्थानिय प्रशासन एन २०२८ अनुसार कार्वाही गरीने सुचनामा चेतावनी दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here