रौतहट ३० भदौ ।
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार साँझ गरिएको २ सय ९० जनाको पिसिआर परिक्षणमा रौतहटका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत ४ जना, सिभिल बैंकमा कार्यरत ४ जना, गरुडाकै ए पि एफ क्याम्पका २ जना, इलाका प्रहरी कार्यालय गरुडाका १ जना, माधवनारायण नगरपालिका वडा न. २ र ४ मा एकरएक जना र चन्द्रपुर नगरपालिका वडा न.६ का १ तथा गरुडा नगरपालिकाका विभिन्न वडाका ९ जनामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका प्रबक्ता एवम् चर्म रोग बिशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here