सिरहा, २२ भाद्र ।
सार्वजनिक जग्गा फिर्ताको माँग गर्दै स्थानियहरुले मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले सोमबार विहान प्रर्दशन गरेका छन् ।


प्लेकार्ड सहित उद्योग विरुद्ध चर्को नाराबाजी गर्दै सयौंको संख्यामा सहभागीहरु प्रदर्शन गरेका छन् । सार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दू लगायतका नारासहित समितिले प्रदर्शन गरेका छन् ।


मारुती सिमेन्ट उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे तीन–चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन ।


मारुति सिमेन्ट उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here