बारा, २२ भाद्र ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण विगत पाँच महिनादेखि लागेको लकडाउनले गर्दा वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भए पछि रगत संकलनका लागि बाराको फेटा गाउँपालिका वडा नं. १ ले आज रक्तदान कार्यक्रम संचालन गरेको छ ।
रगत संकलनको मुख्य बाटो नै रक्तदान कार्यक्रम भएकाले फेटा गाउँपालिका वडा नं. १ ले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन कार्य सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथी फेटा गाउँपालिका वडा न १ का वडा अध्यक्ष जयप्रकाश दासले आफैले रक्तदान गरि कार्यक्रमको सुभाराम्भ गरेका थिए । उक्त रक्तदान कार्यक्रम मा १ अपाङ्ग ,२ महिला सहित ५० जनाले रक्त गरेका थिए । रक्तसंचार केन्द्र वीरगंजको प्रतिनिधि धिरेद्र झा को नेतृत्वमा आएको टोलिले रक्त संकलन गरेको थियोे । उक्त रक्तदान कार्यक्रममा वडा सदस्य बोहा यादव, वडा सचीव प्रदिप पासवान को रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here