रौतहट १९ भाद्र ।
रौतहटको चन्द्रपुर ६ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहनु भएका ब्यक्तिहरुलाई मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले पौष्टिक आहार बितरण गरिएको छ । कोरोनासंग लड्न मानिसमा रोग प्रतिरक्षात्मक क्षमतामा हुनु पर्न हुन्छ । क्वारेन्टाइनमा रहनु भएका ब्यक्तिहरुमा पनि सो क्षमतामा कमी नहोस भनी मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले शुक्रबार एक कार्यक्रका बिच पौष्टिक आहार बितरण गरेको रौतहट संयोजक पुजा पाठकले गुञ्जन एफएमलाई बताउनु भएको छ । संस्थाको बार्षिक उत्सवको शुभ अवसरमा अभियानकर्ताहरुले क्वारेन्टाइनमा पौष्टिक आहार बितरण गरिएको संस्था सचिब जयमाला चौधरीले बताउनु भयो । शुक्रबारसम्म सो क्वारेन्टाइनमा ७ जना रहेका छन । त्यसैगरि चन्द्रपुर आइसोलेसनमा पनि ७ जना रहेको स्वास्थ्यकर्मी मातृका चालिसेले बताउनु भएको छ ।






