काठमाडौं,१९ भदौ ।
पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार ४ महिला र १० पुरुषको मृत्यु भएको हो । काठमाडौंका ८२, ६८ र २२ वर्षकी तथा चितवनकी ३५ वर्षकी महिलाको मृत्यु भएको छ । साथै सप्तरीका ५५ वर्षका २ पुरुष, धनुषाका ६५ वर्ष, कास्कीका ३१ वर्ष, नवलपरासीका ३७, प्यूठानका ५८ वर्ष, रुपन्देहीका ७८ ,पाल्पाका ६३ वर्ष र सुर्खेतका ४५ वर्षका पुरुषको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा २ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here