कावासोती, १७ भदौ (रासस) ।
नवलपरासी बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताउनुभयो ।
कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here