चितवन, १५ भाद्र ।
देश बिषम परिस्थितिमा गुज्रिरेहेका बेला रोटरी क्लब अफ रत्ननगर परिवारले ट्राफिक कार्यालय चितवनलाई स्वास्थ्य सामग्रीहरु हस्तारण गरेको छ ।

कोरोना भाईरस ( COVID-19) को संक्रमण बिरुद्ध अग्रमोर्चामा परिचालित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत समेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुकाे काेभिड-१९ काे संभावित जोखिम र आवश्यक सुरक्षा सतर्कतालाई मध्यनजर गर्दे राेटरी क्लब अफ रत्ननगरका Immediate Past President (IPP) विपिन पाेखरेल ज्युकाे बिशेष पहलमा उक्त क्लबकाे तर्फबाट अध्यक्ष शिवराज उप्रेतिले N 95 Mask १०० थान, Medical Mask २५०० थान, Surgical Gloves ५ प्याकेट, Hand Sanitizer ५ लिटर तथा फेस सिल्ड ३० थान लगायतका स्वास्थ्य सुरक्षा सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएकाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here