रौतहट १४ भदौ ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेका छन् ।
मोटरको तार जोड्ने क्रममा फतुवा विजयपुर नगरपालिका वडा न.८ का १६ वर्षीय रवीन्द्र साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका साहलाई उपचारको लागि विजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजाँदा चिकित्सक भगवत चौधरीले विरामीलाई हेर्न नमानेको स्थानीय श्रीभगवान साहले जानकारी दिए । पछि थप उपचारका लागि चन्द्रनिगाहपुर लिएर जाने क्रममासाहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई सुरेन्द्र सिंहले बताए । साहको मृत्युपछि आक्रोशित समुहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधा घण्टा घेरेका थिए । घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको सई सिंहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here