रौतहट १३ भदौ ।
रौतहटमा निषेधाज्ञाको समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन को निर्णयले निषेधाज्ञाको समय थप गरेको हो । बिहान ७ देखी १२ बजे सम्म खाध्यान्न पसलहरु खुल्ने र सोही समयमा बैक तथा बितिय सस्थाहरु खोल्न पाउने निर्णय भएको छ । अन्यको क्षेत्रको हकमा पुरानै निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here