निजगढ, १२ भाद्र । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीमा गत भाद्र ७ गते मेडिकल संचालकले उपचार गर्न पुगेको महिलालाई गरेको जबरजस्ती करण प्रयासको मेची महाकाली बुहारी संयुक्त आवाज बाराले बिरोध जनाउंदै पीडकलाई शिघ्र कारवाहीको माग गरेकोछ ।

मेची महाकाली बुहारी संयुक्त आवाज बाराले पीडकलाई शिघ्र कारवाहीको माग गर्दै शुक्रबार ईलाका प्रहरी कार्यालय मार्फत जिल्ला प्रशाशन कार्यालय बारालाई ज्ञापनपत्र पेश गरेकोछ । गत भाद्र ७ गते उपचारकोलागी क्लिनिकमा जादा उपचारको क्रममा रौतहटको कटहरिया घर भई निजगढ वडा नम्बर ११ रतनपुरमा क्लिनिक संचालन गर्दै आएका प्रमोद साह बनियाले जबरजस्ती करणीको प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाईएकोछ । मेची महाकाली बुहारी संयुक्त आवाज बाराकि संयोजक सावित्री बराल तिमल्सिना हस्ताक्षरित बिज्ञप्तिमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले घटाएको यस्तो निच र निन्दनीय घटनाबाट आफुहरुलाई चिन्तित र आक्रोशित बनाएको जनाईएकोछ। बिज्ञप्तिमा पिडितलाई न्याय र पीडकलाई हदैसम्मको कानुनि कारवाहीको जोडदार माग गरिएकोछ । अभियुक्त साह अहिले प्रहरी हिरासतमा रहेकाछन । प्रहरी अनुसन्धानको क्रममा कतैबाट चलखेल गरि पीडकलाई उन्मुक्ति दिने र पिडितले न्याय नपाउने अवस्था सृजना भएमा आफुहरु चुप बस्न नसक्ने मेची महाकाली बुहारी संयुक्त आवाज बाराकि अध्यक्ष सावित्री बराल तिमल्सिनाले बताउनुभयो । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियालाई ज्ञापन पत्र पेश गर्नुभएको उपाध्यक्ष सगुन लामा, सदस्यहरु शान्ति लामा,चन्द्रिका मगर,राधिका अस्थानी,सल्लाहकार शुभद्रा नेपाल लागायतको सहभागिता रहेको सचिव मोक्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here