काठमाडौँ, १३ भदौ (रासस) ।
नेपाल पत्रकार महासङ्घ माउण्टेन टेलिभिजन प्रतिष्ठान शाखा ललितपुरले माउण्टेन टेलिभिजनका समाचारदाता दिवाकर शाहले समाचार लेखेकै कारण उनीमाथि ज्यान मार्ने धम्की आएको भन्दै खेद प्रकट गरेको छ ।
प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गरी माउण्टेन टेलिभिजनका सप्तरी समाचारदाता शाहलाई समाचार प्रसारण गरेकै विषयमा ज्यान मार्ने धम्की दिँदै परिवारमाथि साङ्घातिक हमलाको प्रयासविरुद्ध खेद प्रकट गरेको हो । “संवाददाता शाहमाथि धम्की दिने समूह पहिचान गरी कडा कारवाहीको माग गर्दछौँ, साथै शाहको भौतिक सुरक्षासँगै निर्वाधरूपमा समाचार सम्प्रेषणको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न त्रिविलाई आग्रह

नेपाली काँग्रेस निकट भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० ले विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । नेविसङ्घले आज विज्ञप्ति जारी गरी त्रिविले परीक्षाका लागि सूचना सम्प्रेषण गर्ने तर कार्यान्वयन नगर्ने र सेमेष्टर प्रणाली भनेर आन्तरिक मूल्याङ्कनलाई वैधानिकता दिन नसक्ने भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।

महामन्त्री बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा अहिलेको कोरोना सङ्कटको अवस्थालाई अवसरको रूपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य विश्वविद्यालयसरह नयाँ–नयाँ तथ्यसँगै यसको निराकरणका उपाय पत्ता लागाउनुपर्नेमा त्यसो गर्न नसकेको भनिएको छ । त्रिविले परीक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारे पनि मापदण्ड नबनाउने र त्यसको विश्वसनीयता तथा वैधतामाथि प्रश्न गर्ने गरेको नेविसङ्घको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here