रौतहट १३ भदौ ।
ईलाका प्रहरी कार्यालय गरुडामा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि गरुडाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएका छन् ।
गरुडा नगरपालिका वडा न. ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेज अस्पतालमा मृत्यु भएको छ ।
१९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको परिवारजनले दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो ।
डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको सीडीओ यादवले बताए ।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here