काठमाडौं, ११ भदौ ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ पुरुष र ५ महिला गरी थप ८ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा काठमाडौंका ४८ वर्षीय एक पुरुष, ललितपुरकी ६५ वर्षीया एक महिला, बाराकी २३ वर्षीया एक महिला, पर्साका ६२ वर्षीय एक पुरुष, कास्कीकी ३२ वर्षीया एक महिला, कपिलवस्तुका ५० वर्षीय एक पुरुष, रुपन्देहीकी ७० वर्षीया एक महिला र बाँकेका ७० वर्षीया एक महिला रहेको बताए । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । नेपालमा हालसम्म रहेका कोरोना संक्रमितमा मृत्यु हुने दर शून्य दशमवल ५२ प्रतिशत पुगेको छ ।







