जनकपुरधाम, भदौ ११ गते ।
पछिल्लो २४ घण्टामा धनुषामा ६ प्रहरीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
बिहीबार धनुषामा कार्यरत चारजना सशस्त्र प्रहरी र दुई नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुईजना नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

त्यस्तै, मालपोत कार्यालय जनकपुरका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । यसैगरी हंसपुर नगरपालिकाका एकजना, जनकपुर उपमहानगरपालिका–७ का तीनजना, वडा नम्बर–८ का एकजना, धनुषाधाम नगरपालिका–५ का एकजना, क्षिरेश्वरनाथ नगरपालिका–६ का एकजना, जनकपुर उपमहानगर–१ का तीनजना, जनकपुर उपमहानगर–२ का दुईजना, जनकपुर उपमहानगर–४ का एकजना, धनुषाधाम वडा नम्बर २ र ९ का १÷१ जनामा संक्रमण पुष्टि भएको झाले बताए ।
त्यस्तै, जनकपुर उपमहानगर–६ का एकजना, आर्युवेद औषधालय बटेश्वरका दुईजना, गणेशमान चारनाथ नगरपालिकाका एकजना र वडा नखोलाइएका जनकपुरका चारजनामा संक्रमण पुष्टि भएको झाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here