रुकुमपश्चिम १० भदौ ।
मुसीकोट नगरपालिकामा बुधबार गोली चलेको छ । लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो ।
नगरपालिकाको वडा नम्बर ४ ठाराढुंगाबाट २ जना लागू औषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट एकजना लागू औषध कारोबारी घाइते भएका छन् । लागूऔषध कारोबारी मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई घाइते अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनको तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन समेत पक्राउ परेका छन् । अर्को लागू औषध कारोबारी जयप्रकाश घर्ती भने फरार भएको प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनु भएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here