काठमाडौं, १० भदौ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय ८५ जना कोरोना संक्रमणपछि निको भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको बताए । उनले नेपालमा हाल १४ हजार ७ सय ३९ सक्रिय संक्रमित संख्या रहेको पनि जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here