काठमाडौं, १० भदौ ।
नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा २ महिला र ९ पुरुष गरि ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको बताए । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर शून्य दशमलव ५ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here