रौतहट, ७ भदौ ।
रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका ७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गढीमाई नगरपालिका वडा नं ७ धर्मपुर टोल वस्ने भदै मुखियाको छोरी अन्दाजी वर्ष १० की पिंकु कुमारी मुखिया, लक्षुमण दासको छोरी अन्दाजी वर्ष १२ की सुसिता कुमारी दास र छट्टु मुखियाको छोरी अन्दाजी वर्ष १० की चन्चल कुमारी मुखिया नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटेले जनाएको छ ।
बेपत्ता ३ बालिकाको खोजी भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here