रौतहट ७ भदौ ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ९ स्थितमा भट्टी संचालनमा छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लक्ष्मिनीयाका प्रहरी सहायक निरीक्षक सुरेश थापाको कमाण्डमा गएको प्रहरी टोलीले उक्त भट्टी नष्ट गरेको हो। सोहि स्थानका सुखल चौधरीको घरको छेउमा संचालनमा रहेको मदिरा बनाउने भट्टी फुटाई, ४५ लिटर कच्चा पदार्थ पोखाई नष्ट गरीएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । साथै मदिरा बनाउने मेशिन र भाँडा वर्तनहरु नियन्त्रणमा लिई ईलाका प्रहरी कर्यालय लक्ष्मिनीयामा राखिएको र भट्टी संचालक फेला नपरेकोले , खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here