रौतहट, ७ भाद्र । रौतहटमा कोरोना संक्रमितलाई राख्नका लागि ३ सय सैया बेडको आइसोलेशन आज देखि संचालन भएको छ ।

कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुनुको साथसाथै समुदाय स्तरमा धेरै देखा परिरहेको कारण जिल्ला विपद व्यवस्थापन समिति द्वारा जिल्ला स्तरीय बैठक गरि सो बिरामी भएको व्यक्तिहरूलाई पूर्णरूपमा व्यवस्थित वातावरणमा राख्नका लागि देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरी टोल स्थित रहेकोे श्री जय किसान पोलिटेक्निक ईन्स्टिच्युटमा ३ सय शय्या छमता भएको आईसोलेशन सेन्टरको आज देखि सुरु गरिएको छ ।

Image may contain: indoor

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंह, सशस्त्र प्रहरी बलका उपरीक्षक सेनोली एस.बी, इन्द्रगण पुरेनवा नेपाली सेनाका प्रमुख सेनानी, गौर अस्पतालका स्वास्थ्य प्रमुख कृष्णा साह, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका निरीक्षक मेदनी साह, सशस्त्र प्रहरी बल बेस क्याम्प देवाहीका निरीक्षक विष्णु अधिकारी लगायत सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरूको विशेष उपस्थितिमा आज देखि सञ्चालन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here