रौतहट, , ७ भाद्र ।
देश बन्दाबन्दीको अवस्थामा रहेका बेला देशमा संचालित सक्रिय संस्था मेचि महाकाली बुहारी संयुक्त आवाजले आफना जिल्ला साथीहरुसंगको जुम बैठक सम्पन्न गरेको छ ।
शनिवार सम्पन्न जुम बैठकमा केन्द्रिय अध्यक्ष यमू शर्मा सुब्बाले सहभागीहरूलाई महिलाहरुको सबै भन्दा महत्वूर्ण विषयमा प्रशिक्षण गराएका छन् । महिलाहरुको महिनवारी र त्यसबाट पर्ने असरबारेको प्रशिक्षण दिन राखिएको बैठकमा प्रशिक्षक कपिल, सावित्रा र शिलाले प्रशिक्षण दिनु भएको रौतहट जिल्ला अध्यक्ष पुजा तिमिल्सीनाले रेडखबरलाई जानकारी दिनु भएको छ । जुम मिटिंग ७७ वटै जिल्लाका जिल्ला संयोजक, उपाध्यक्ष र जिल्ला सचिवहरुको सामुहिक बैठक महिलाको महिनवारी र त्यसबाट पर्ने असरबारेको प्रशिक्षण भएको थियो ।

बन्दाबन्दीका बेला पनि यसरी महिलाहरुलाई सचेत गराउन गरिएको कार्यक्रममा सबै सहभागीहरु अत्यधिक नै खुशी भएका छन् । अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गरि सबैलाई लाभान्वित गराउने अध्यक्ष सुब्बाले जानकारी गराए ।