रौतहट ७ भदौ ।
रौतहटको गरुडा नगरपालिका वडा नं ६ पोठियाहीका शेख मेराजुल दर्जीका १२ वर्षीय छोरा हसमुदिन दर्जी पोखरीमा डुबेर मृत्यु भएकाको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
हिजो बिहान घर खेल्न निस्कीएका उनी घर नफर्किए पछि परिवारजनले उनको खोजी गरिरहेको थियो । बालकको शब घर नजिकै पोखरीमा फेला परेको हो ।
बालक आफै डुबेका हुन वा कसैले हत्या गरेको भने यकिन नभएको र घटनाको प्रारम्भीक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here