रौतहट ४ भदौ ।
रौतहटजिल्लाको माधव नारायण नगरपालिका वडा न २ खेसरहिया बजारमा रहेको हनुमान मन्दीमा पुजा गर्ने स्थानीय ६५ बर्षिय पुजारी श्रीराम साह गएराति ९ बजेको समयमा खाना खाइरहेको अवस्थामा अज्ञात समुहले देव्रे कन्चटमा गोली हानेर हत्या गरेको हो । गोलीको आवाज सुनेर स्थानीयहरु दगुर्दै मन्दीर तर्फ जाँदा पुजारी साह ढलेर रगत बगिरहेको देख्ना साथ इलाका प्रहरी कार्यालय गरुडालाई खवर गर्ना साथ तत्कालै घटनास्थलमा प्रहरी पुगेर गोली हान्ने अज्ञात समुहको खोजी कार्य सरु गरिए ।
पुजारी साह आफैले पकाएको रोटी, तरकारी बाटीमा र कागजमा नुन तथा लोटामा पानी काठको मुढामा बसेर खान नपाउदै गोली हानेर हत्या गरिदा गाउँभरी नै साधु जस्तो मान्छे माथि यसरी गोली हान्नु निर्दयी एवं कायरतापूर्ण कार्यको चारैतिर निन्दा गरिदैछ । अपराधीहरुको घटनास्थलमा कुनै पहिचान नभेटिदा प्रदेश नम्वर दुई प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर खोजी एवं अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
अज्ञात समुहल साधुलाई थ्रिनट थ्रिको एक राउण्ड गोली हानेर हत्या गरिएको बताउदै उनले साधुलाई को, कसले, किन गोली हानेको वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको चाँडै अपराधीलाई नियन्त्रणमा लिने उनले दावी गरे ।
चार दिन अघि पनि गरुडा नगरपालिका वडा नम्वर ६ बसबिटी जिगडियाका २० बर्षिय दलिय युवक निरन्जन रामको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएका थिए तर अहिले सम्म युवकलाई हत्या गर्ने हत्यालाई प्रहरीले समात्न नसक्दा अपराध गर्ने व्यक्तिको मनोवल बढदै गएको छ । रौतहटमा अपराधको घटनामा वृद्धि हुँदै गएको भएपनि अपराध गर्ने गिरोह वा त्यसमा संलग्न व्यक्तिहरु प्रहरीको पहुँचबाट टाढा रहदा रौतहटबासी प्रहरीको कार्यशैली माथि विश्वास गुम्दै गएको चारै तिर आवाज उठिरहेको बताइएको छ ।