काठमाण्डौं ४ भदौ ।
आज काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। अहिलेसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभरमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।