काठमाडौं, ३ भदौ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ पिसिआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको बताए । उनले पछिल्लो २४ घन्टामा १ सय २० जना कोरोना संक्रमति निको भएको र नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय पुगेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here