जनकपुरधाम, ३ भदौ ।
धनुषाको बटेश्वरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ का एक २५ वर्षीय एम्बुलेन्स चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बटेश्वर गाउँपालिकाका फोकल पर्सन रुद्रनारायण यादवले जानकारी दिए ।
गत साउन २३ गते स्वाब संकलन गरी कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम पठाइएकोमा बुधबार आएको पीसीआर परीक्षण रिपोर्टमा ती एम्बुलेन्स चालक कोरोना संक्रमित भएको यादवले बताए ।

उनी एम्बुलेन्स चालक भएकाले बिरामीलाई अस्पताल ओसारपसार गरिरहेकाले वडाध्यक्षको सिफारीसमा उनले आफुखशीे कोरोना परीक्षण गराएका थिए । संक्रमण पुष्टि भएकपछि आजै उनलाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित वीपी पोलिटेक्निकल ईस्टिचूयुटको आइसोलेसनमा पठाइने यादवको भनाइ छ ।
संक्रमित एम्बुलेन्स चालकमा कोरोना भाइरसको कुनै किसिमको लक्षण देखा परेको छैन । हाल उनको अवस्था सामान्य रहेको छ ।
त्यस्तै, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार धनुषा जिल्लामा २७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६ जना महिला र २१ जना पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here