रौतहट २ भदौ ।
रौतहट जिल्लामा आज थप ३५ जनाको कोरोना संक्रमित पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३७ जनामा संक्रमण देखिएको हो ।
साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल प्रहरीका एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
उनका अनुसार कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो ।

‘संकलित स्वाब मध्ये ७० जनाको रिपोर्ट आउन अझै बाँकी छ,’ प्रवक्ता गुप्ताले भने, ‘कन्ट्याक ट्रेसि पछयाउँदै जाँदा उनीहरुमा संक्रमण देखिएको हो ।’ संक्रमितहर‌रुलाई व्यवस्थित आइसोलेसनमा राख्नुको सट्टा होम आइसोलेसनमा राख्न दिने निर्णयले समुदायमा संक्रमण फैलने खतरा झनै बढेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here