रौतहट २ भदौ, ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका मंगलबार को दिन पाँच जना कोरोना संक्रमित फेला परेपछि १५ दिनको लागि सिल गरिएको छ ।
कोरोना रोकथाम फैलिन नदिनका लागि सोमबार राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्र सिल गरिएको नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले जानकारी दिए ।
वडा नम्बर १ दिपहीमा संक्रमितको कन्ट्याक ट्रेसिङ गरी परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख यादवले बताए । उनका अनुसार ६३ जनाको स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
समुदाय स्तरमा संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी त्यावश्यक सेवा बाहेक अन्यै सबै किसिमका सेवा बन्द गरिएको नगर प्रमुख यादवको भनाइ छ ।
