रौतहट,३२ साउन ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा एक युवकको घाटी रेटि हत्या भएको छ ।
गरुडा नगरपालिका वाडनं ८ जिंगडियामा २० वर्षीय दलित युवक निरन्जन रामलाई धारिलो हथियारले घाटी रेटिएको अवस्थामा शब बरामद भएको प्रहरीले जनाएको छ । सो घटनाका बिषयमा प्रहरी अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गांउकै पुरानोबाटोमा रहेको जलकुम्भिको घारीमा रामको आधा घाटी छिनेको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here