काठमाडौं, ३२ साउन ।
नेपालमा पछिल्लो २४ घन्टामा थप एक सय ३४ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ३ सय ३५ जना स्वस्थ भएका छन् । खबथयमब मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हाल ९ हजार २ सय २१ सक्रिय संक्रमित संख्या रहेको बताए । उनले नेपालभर ४ सय ९७ जना होम आइसोलेसनमा रहेको र संस्थागत तर्फ होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ७ सय २४ रहेको जानकारी गराए । मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा उनले पछिल्लो २४ घन्टामा १२ हजार २ सय ४७ पिसिआर परीक्षण गरिएकोमा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २६ हजार ६सय ६० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here