रौतहट ३२ साउन ।
अभियान नेपालले नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। आइतबार नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई ह्यण्ड स्यानिटाइजर १०० पिस र सर्जिकल , २५० मास्क पिस हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर अभियान नेपालका फाइनान्स कोडिनेटर जितेन्द्र कुशवाहाले नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
सामाग्री बुझ्दै शाखा सचिव श्रेष्ठले प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here