रौतहट ३१ साउन ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ३ चण्डियामा स्थानिय सुबलाल पटेलको फुसको गोठमा अचानक आगलगी भएको हो। उक्त आगलागीमा लाखौँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर गोठमा आगलगी हुँदा करिब २ लाख ५० हजार भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी बतसपुर ब्रह्मपुरीले जानकारी दिएको छ । बतसपुर ब्रह्मपुरीका असई राम प्रित यादवका अनुसार सो गोठमा रहेको गाई, बाख्रा, खशी र घर बनाउन राखिएको काठहरु पूर्ण रुपमा जलेर नष्ट भएको बताउनुभयो । आगो स्थानियले पानि हालेर नियन्त्रणमा आएको बताइएको छ। आगलगीमा परि एउटा भैंसी जलेर घाईते भएको छ।