अनिता राउत ।
रौतहट ३० साउन । मेचि महाकालि बुहारी संयुक्त आवाज रौतहटको शाखा गठन भएको छ । शनीबार १६ जनाको समुह संगै आवाजको गठन भएको हो । मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट जिल्लाको संयोजकमा पुजा तिमल्सिना चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा ज्योती फुयाल, सचिबमा जयमाला चौधरी, सहसचिबमा प्रमिला देबकोटा, कोषाध्यक्ष रत्ना चौधरी, सदस्यमा अनीता घिमिरे, दमयन्ति घिमिरे, कोपिला तिमल्सिना, दिपा फुयाल, सुजु सिग्देल, रत्ना लामा, नानु पोखरेल, बिमला फुयाल रहेका छन । यसै गरी आवाजको सल्लाहकार समितिमा चन्द्रपुर नगरपालिकाका उपमेयर रामरति चौधरी, महिला अधिकारकर्मी देबकी नेपाल, प्रेश सल्लाहकारमा अनिता राउत लाई आवाजको केन्द्रिय समितिले जिम्मेबारी दिएको छ । साउन ३१ गते देखि लागु हुने गरी समिति लाई जिम्मेवारी दिइएको संस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बाले बताउनु भयो । बुहारीहरु माथि अन्याय हुन नदिन यो समिति क्रियाशिल रहने उहाले बताउनु भयो । आवाजले तराई मधेशमा जरा गाडेर रहेको दाइजो प्रथा र बालबिबाह अन्त्य गर्न महत्वपुर्ण भुमिका खेल्ने आवाजका संयोजक पुजा तिमल्सिनाले बताउनुभयो । समाजमा धेरै महिला बालबालिकाहरु विभिन्न खालका हत्या हिसां बलात्कार, बालबिबाह, जस्ता कार्य भइरहेकाले यसको बिरुद्धमा आवाज उठाउने जनाइएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज, यो देशको सबै जिल्लामा बिस्तार भइसकेको छ र यसका शाखाहरु बिदेशमा समेत विस्तार भइसकेको छ । ‘मेची महाकाली बुहारी संयुक्त आवाजले छोरी बुहारी र महिला मात्रमा सीमित नरहेर समाजमा घट्ने हरेक घटनाको बिरुद्धमा आवाज उठाउने बताइएको छ । सकारात्मक कार्यका लागि आवाज क्रियाशल रहने जनाइएको छ ।
