रौतहटमा थप २४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हेटौँडा अस्पतालमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्यका अनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखा परेको हो ।त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर नगरपालिकामा १ गढिमाई नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् ।