काठमाडौँ, ३० साउन (रासस) ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here