टेकराज पन्थी ।

कोरोना संक्रमणबाट बच्नको लागि यिनी बिधिहरु अपनाउ:-– बेसार तथा अदुवाको सेवन : बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।– नुनपानीको कुल्ला : छिटो आराम महशुष गर्नको लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घांटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।– चिया तथा कफी सेवन : तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफिमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ । जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।– प्रशस्त झोलिलो पदार्थको सेवन : श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आबश्यक पानीको मात्रा पुरा गर्दछ । यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफुलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।– मेथीको प्रयोग : मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ । मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले स्वाश्प्रश्वासका रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रुपमा वा भिजाएर काँचै खान पनि सकिन्छ । मेथीको साग झन् गुणकारी हुन्छ ।– तातोपानीको स्नान : तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।– तातो सुप तथा खाना : बिभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ ।यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ । तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।– हर्बल टि : हर्बल चियाले रोगको संसारसंग लड्न ठूलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरु निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ । हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ ।निमोनिया यस्तो रोग हो यसले विश्वभरमा बार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ ।– प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा स्वाश्प्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन ।– प्राणायाम : स्वासप्रश्वासको व्यायाम अर्थात प्राणायामले नाक, मुख तथा घांटीमा रहेको अबरुद्ध हटाउंछ । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउंछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाब हटाउंछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।– सुर्यस्नान : दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ ।– पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ बाताबरणमा बस्ने, चुरोट, रक्सी नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउंछ ।चिन्ता, तनाब, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसंग लड्ने क्षमता घटाउँछ । तसर्थ दैनिक यति लाख संक्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आबश्यक छैन । उदाहरणको लागि १ लाख जनसंख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति संक्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन । अर्थात संक्रमित नभइकन रोगसँग लड्ने क्षमताको बिकास हुन्छ ।ती ६० हजार संक्रमित मध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन । बाँकी १५ % मध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन । बाँकी आधा संक्रमितलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । आइसियुमा रहेका ती बिरामी मध्ये आधालाई सन्चो हुन्छ । त्यो एक लाख जनसंख्या भएको बस्तीमा यसरी मृत्यु हुने २ -३ हजार हुन सक्छन ।त्यो २-३ हजारमा अधिकांश ८० बर्ष नाघेका, किड्नीको समस्या, मुटुको समस्या, क्यान्सर, अंग प्रत्यारोपण गरेका, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका, स्वाश्प्रश्वासका दीर्घबिरामी जस्ता व्यक्ति हुनेछन ।त्यसैले किन डर मान्ने ? सतर्क रहौं, सुरक्षित बसौं , डाटा हेरेर डर नमानौं । त्यो क्षेत्रमा 95 % व्यक्तिको निधन भयो भने हामी ५ % मा पर्छौं भनेर आफ्नो इम्युनिटी पावरमाथि विश्वास गरौँ । प्रत्येक मान्छे हेर्दा उस्तै भएपनि नितान्त फरक क्षमताका हुन्छन् । त्यसैले मलाइ केहि हुँदैन, मेरो परिवारलाई केहि हुँदैन, मेरा आफन्तलाई केहि हुँदैन भनेर आत्मबल बलियो बनाऔं ।बिहान बेलुका बाहिर नजाऔं : विश्वमा यति ठूलो हताहती र संक्रमण थाहा पाउँदा पनि, कोरोना एकजना संक्रमित व्यक्तिबाट अरु धेरै जनामा सर्छ भन्ने थाहा हुँदा पनि, यति लामो लक डाउन हुँदा पनि, मोबाइल तथा टिभी हेर्दा आँखा सुन्निएपनि, अरुलाई बाहिर जानु हुँदैन भनेर उपदेश दिएपनि , मर्निंग वाक तथा इभिनिंग वाक गर्ने, समुहमा गफ गर्दै हिंड्ने, बिना काम हिंड्ने र मास्क समेत नलगाई हिडेका देख्दा उदेक लाग्छ ।कोरोना भाइरस चिसो समयमा बढी सक्रिय हुन्छ । दिउँसोको तुलनामा बिहान, बेलुका चिसो वातावरण हुन्छ । तसर्थ एक जना पनि बिहान / बेलुका घरबाहिर निस्किने काम नगर्नुहोला । घरमा बस्ने कि अस्पतालमा बस्ने ? जीवन रोज्ने कि मृत्यु ? कृपया आफैले रोज्ने समय आएकाे छ । अत्यावश्यक काम नपरी घर बाहिर नजाउ, जानै परे स्वास्थ्य सुरक्षा अप्नाएर अनिवार्य रुपमा मास्क लगाउ, १० मिनट भन्दा बढी समय कसैसँग भेटघाट नगराै, मास्क लगाए पछि हातले मास्कलाई नछाेउ, साबुन पानीले न्युनतम २० सेकेन्ड सम्म हातमुख धुने गराै, जीवन रहे समाज र राष्ट्रलाई धेरै याेगदान गर्न सकिन्छ। यिनी बिधिकाे पालना भएमा धेरै हदसम्म सुरक्षित हुन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here